४ कार्तिक २०८३, बुधबार

यहाँ संसद अरूले नै चलाउँदो रहेछ, हामी त डमी मात्रै रहेछौँ: मन्त्री किराँती

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीँले संसद् अरूले नै चलाउने र आफूहरू डमी मात्रै रहेको अनुभव भएको बताएका छन् ।

मंगलबार संघीय संसद् अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै करातीले मन्त्री अरूले नै चलाउने र आफू शोकेसको मान्छे मात्रै जस्तो महशुस भएको बताएका हुन् ।

‘यहाँ अरूले नै संसद् चलाउँदो रहेछ । हामी त डमी मात्रै रहेछौँ । अरूले नै चलाउँदो रहेछ मन्त्री त । हामी त शोकेसको मान्छे मात्रै रहेछौँ । मलाई लागेको कुरा यो हो । हामीले पर्यटनको क्षेत्रमा हामीले धेरै ऐन बदल्नु छ । र यो सेक्युरिटीको क्षेत्रमा हामीले यो ऐनलाई छिटो पास गर्नुछ । संसद्‍मा हाम्रो सक्रिय भूमिका भइदिनु पर्‍यो,’ उनले भने ।