४ कार्तिक २०८३, बुधबार

रवि लामिछानेले खुलाए सीईओको लागि विज्ञापन

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि विज्ञापन खुलाएका छन् ।

उनले चितवनस्थित कार्यालयका लागि सीईओ माग गरेका हुन् । चुनावी प्रतिबद्धताअनुसार विदेशमा बसेर विज्ञता लिएका नेपालीलाई स्वदेश फर्किने वातावरण बनाउन सीईओ माग गरिएको रविले बताएका छन् ।

सीईओका लागि जेठ १५ गतेभित्र दरखास्त दिनुपर्नेछ।

‘अब त्यसलाई फेरि सुरु गर्ने बेला आएको छ। विदेशमा रहनुभएका व्यवस्थापनमा दख्खल राख्ने, स्वदेशमा केही गर्न इच्छुक व्यक्तिको हामीलाई खाँचो छ। सीईओ भएर विकास, सुशासन, व्यवस्थापन लगायत सम्पूर्ण कार्यभार सम्हाल्न सक्नेलाई अतिआकर्षक तलब तथा सुविधासहित नेपाल भित्र्याउन इच्छुक छौँ’, उनले विज्ञापनमा भनेका छन्।

चितवनलाई कर्म क्षेत्र बनाएर काम गर्न चाहनेले ई-मेलमार्फत आफ्नो व्यक्तिगत विवरण पठाउन भनिएको छ।