४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, के-के भयो छलफल ?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको जानकारी दिइएको छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डले सभामुख घिमिरेलाई सरकारले शुक्रबार नीति तथा कार्यक्रम ल्याउन लागेको जानकारी दिएका थिए ।

सभामुख घिमिरेले संसद सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्य गरिरहेको विषय सराहनीय रहेको भन्दै प्रधानमन्त्रीले प्रशंसा गरेका थिए ।