
काठमाडौं, २ जेठ । नेकपा (एमाले)का नेता डा. भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरूलाई जोगाउन खोजे इतिहासले माफी नदिने बताएका छन् ।
शरणार्थी बनाउने अपराधमा संलग्नहरुलाई जोगाउन उच्च राजनीतिक तहबाट षडयन्त्र भइरहेको समाचार आएको उनको भनाइ छ ।
मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै रावलले भनेका छन्ः
नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नहरुलाई जोगाउन उच्च राजनीतिक तहबाट षडयन्त्र भइरहेको समाचार छ। राजनीतिक वा प्रशासनिक तहको व्यक्तिले त्यसो गरेमा देश र जनताप्रति गद्दारी,शहीदको रगतको अपमान,संविधान,कानून र शासन प्रणाली मिच्ने अपराधिक कर्म हुनेछ। इतिहासले माफि दिने छैन।












प्रतिक्रिया