२ कार्तिक २०८३, सोमबार

सबै खालका भ्रष्टाचारको छनबिन हुनुपर्छ: मुख्यमन्त्री जम्कट्टेल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, २ जेठ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपालका सबै खालका भ्रष्टाचारको छानबिन हुनुपर्ने बताएका छन् । रामेछापको मन्थलीमा रहेको मन्थली माविको नवनिर्मित तीनवटा भवनको उद्घाटन गर्ने क्रममा उनले उक्त छानबिनका लागि कुनै पनि दल बाधक बन्न नहुने बताए ।

मुख्यमन्त्री जम्कट्टेलले मुलुकमा प्रहरी प्रशासन भएको अनुभूति बल्ल नागरिकलाई हुन लागेको भन्दै भ्रष्टाचार गर्ने जुनसुकै दलको भए पनि कानूनी दायरामा आउने बताए । उनले वर्तमान शिक्षा प्रणालीको पाठ्यक्रमलाई परिमार्जन गरी व्यावसायिक र व्यावहारिक शिक्षा बनाउनुपर्ने बताए ।

सो अवसरमा उनले यसअघि शैक्षिक सत्र सुरु भएको महिनौँ बित्दा पनि पाठ्यपुस्तक नपाइने अवस्थालाई अन्त्य गरी यस शैक्षिक सत्रबाट शैक्षिक सत्र सुरु नहुँदै जिल्ला जिल्लामा सरकारी पाठ्यपुस्तक पुगेको हुँदा यो वर्ष विद्यार्थीहरूलाई पठनपाठनमा सुविधा पुगेको बताए ।  एसियाली विकास बैंकको सहयोगमा यस नमूना माविको नवनिर्मित तीनवटा भवनमा ३६ वटा कोठा रहेका छन् । खानी निर्माण सेवाले रु १५ करोड ८६ लाख ४७ हजार पाँच सय ५३ को लागतमा ती भवन निर्माण गरेको हो ।