४ कार्तिक २०८३, बुधबार

पक्राउ पर्दा बियर पिएर बसेका थिए टोपबहादुर

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्तत: पक्राउ परे ।

बैशाख ३० गते पक्राउ पुर्जी जारी भएलगत्तै फरार भएका उनी आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका हुन् ।

११ दिनमा उनलाई प्रहरीले एक व्यक्तिको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । रायमाझीलाई प्रहरी पक्राउ गर्न पुग्दा उनी बियर खाएर बसेका थिए ।

पक्राउ गरेपछि प्रहरीले उनलाई स्वास्थ्य परीक्षणका लागि तीनकुनेस्थित कान्तिपुर अस्पताल पुर्‍याएको थियो । स्वास्थ्य परीक्षणका क्रममा उनी आफैँले ‘बियर पिएको छु’ भनेका थिए ।