
मकवानपुर, १ जेठ । रक्सीमा विषादी मिसाएर पिउँदा मकवानपुरमा एकजना वृद्धाको ज्यान गएको छ ।
जिल्लाको बकैया गाउँपालिका-११ पिपिलडाँडाकी ६१ वर्षीया सञ्चमाया भोलनको ज्यान गएको हो । प्रहरीका अनुसार उनले गत वैशाख ३० गते रक्सीमा नाम नखुलेको विषादी मिसाएर सेवन गरेकी थिइन् ।
सोही दिन बिरामी भएकी भोलन उपचार गराउन जान नमानेपछी हिजो आइतबार उनका छोराले उपचारको लागी हेटौंडा स्थित हेटौंडा अस्पतालमा उपचारको लागि ल्याएका थिए ।
भोलनको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विषादी सेवन गर्नुको कारण नखुलेको र उनको शव हेटौंडा अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया