
काठमाडौं, १ जेठ । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले नागरिकलाई जानजान ठगेर देशलाई अन्तर्राष्ट्रिय रुपमा बद्नाम गर्नेमाथि देशद्रोहको मुद्दा चलाउनुपर्ने बताएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता रिजालले यस्तो बताएका हुन् ।
‘नक्कली शरणार्थी प्रकरण ठगी, मानव बेचबिखन, संगठित अपराध र भ्रष्टाचार त हुँदैँ हो, खासमा देशद्रोह हो ।’ नेता रिजालले भनेका छन्, ‘नागरिकलाई जानजान ठगेर देशलाई अन्तर्राष्ट्रिय रुपमा बद्नाम गर्नेमाथि देशद्रोहको मुद्दा चलाउनुपर्छ । उप्रम, गृहमन्त्री, गृहसचिव– जोसुकै होउन्, कानुनको नजरबाट बराबर सावित गर्नुपर्छ ।’
https://twitter.com/bishnurijal1/status/1657937469390848000
हालसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वमन्त्री टोपबहादुर रायमाझी, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे लगाएत १३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेकको छ । सोही प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा र पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।















प्रतिक्रिया