४ कार्तिक २०८३, बुधबार

टोपबहादुर रायमाझी पक्राउ

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । नक्कली शरणार्थी प्रकरणमा फरार रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

वैशाख २० गतेबाट फरार रहेका उनी काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका हुन् । प्रहरी उच्च स्रोतका अनुसार उनलाई बुढानीलकण्ठको पासिकोटमा रहेको नारायण पौडेलको घरबाट पक्राउ गरिएको हो।

पौडेल रायमाझीका साथी हुन्। उनी अर्घाखाँचीदेखिकै छिमेकी भएको र उनीहरू सँगै माओवादीमा लागेको पनि स्रोतले बताएको छ।

यही प्रकरणमा उनका छोरा सन्दीप २० गते नै पक्राउ परेका थिए । यस्तै, पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १२ जना हालसम्म पक्राउ परिसकेका छन् ।