
काठमाडौं, ३० वैशाख । नेकपा (एमाले) ले लडाकु शिविर घोटालाको छानबिन गर्न माग गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा १६ बुँदे प्रस्ताव पारित गर्दै लडाकु शिविर घोटाला काण्डको पनि छानबिन गर्न माग गरेको हो ।
पाँचौं बुँदामा लडाकु शिविर घोटाला लगायत चर्चामा रहेका सबै काण्डको निष्पक्ष छानबिन अघि बढाउन माग गरिएको हो ।
‘लडाकु शिविर घोटाला काण्ड लगायत चर्चामा आएका सबै काण्डहरुको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गर्दछ। यस्ता छानबिनमा पार्टीको पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छ,’ बैठकमा पारित भएको प्रस्तावमा भनिएको छ।















प्रतिक्रिया