४ कार्तिक २०८३, बुधबार

गोप्य कागज इन्स्पेक्टरको हातबाट खोसेर बालकृष्ण खाँणले चपाए !

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले प्रहरीको हातबाट गोप्य कागज खोसेर चपाएका छन् ।

प्रहरीले उनको घरमा खानतलासी गरेर बरामद गरेको गोप्य कागज उनले चपाएर निलेका हुन्। कागजमा गोप्य सूचना रहेका कारण खाँणले खोसेर चपाएको आँकलन गरिएको छ ।

प्रहरी निरीक्षक राजन लामाले खाणका भान्सेको साथबाट एक पत्र बरामद गरेका थिए । त्यो पत्र खाणले भान्सेमार्फत कसैलाई दिन खोजेका थिए ।

खाणले उक्त कागज यही मुद्दामा थुनामा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई दिन खोजेको जानकारी आएको प्रहरीले जानकारी दिएको छ ।