४ कार्तिक २०८३, बुधबार

बालेनको घोषणा- अब काठमाडौंमा २४ सै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । काठमाडौं महानगरपालिकाभित्र अब २४ सै घण्टा निशुल्क एम्बुलेन्स सेवा पाइने भएको छ ।

महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंमा २४ सै घण्टा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

साहले सामाजिक सञ्जालमार्फत निशुल्क सेवा पाइने जानकारी दिएका हुन् ।

‘काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर नि:शुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन,’ उनले लेखेका छन् ।