४ कार्तिक २०८३, बुधबार

टोपबहादुरलाई पक्राउ गर्न प्रहरीले अपनाउँदै छ यस्तो उपाय

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई पक्राउ गर्न प्रहरीले खोजी तीव्र पारेको छ ।

रायमाझीलाई सजिलै पक्राउ गर्न असम्भव देखेपछि प्रहरीले दोस्रो बाटो अपनाइरहेको छ । वैशाख २५ गते रायमाझीले आफू बिरामी रहेको भन्दै संसद सचिवालयमा पत्र पठाएका थिए ।

प्रहरीले रायमाझीको पत्र बोकेर आउने व्यक्तिमार्फत उनलाई प्रक्राउ गर्ने कोशिस अगाडि बढाएको छ । जसका लागि पत्र बोकेर आउने व्यक्तिको खोजी सुरू गरिएको छ ।

ति व्यक्तिको पहिचान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संसद सचिवालयको सीसीटिभी फुटेज लिएर खोजी सुरू गरेको हो ।

रायमाझी बिरामी भएकाले प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन नसकेको भनी बिदा स्वीकृतिका लागि ति व्यक्तिले सभामुखको सचिवालयमा पुगेर निवेदन दिएका थिए ।यो