४ कार्तिक २०८३, बुधबार

मदन राईविरुद्ध किशोरीले दिइन् जाहेरी

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका कृषि विज्ञ मदन राईविरूद्व एक किशोरीले जाहेरी दिएकी छिन् ।

राईविरूद्व १६ वर्षीया किशोरीले शुक्रबार जाहेरी दिएकी हुन् । उजुरी दिने किशोरीले शुभम फाउन्डेसनमा ७ वर्ष बस्दा मदन राईले यौनको आशयले पटकपटक शरीरमा हात हालेको, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने गरेको, आफ्नो गुप्तांग देखाएर छुन लगाएकोलगायत आरोप लगाएकी छन्।

खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन (शुभम) का संस्थापक ७५ वर्षीय राईले फाउन्डेसनमा बस्ने युवायुवतीलाई यौन दुर्व्यवहार गरेको समाचार प्रकाशित भएपछि उनी पक्राउ परेका हुन् ।