२९ आश्विन २०८३, बिहिबार

विपश्यनाको शिविर छाडेर भारत फर्किए आमिर खान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्न आएका बलिउड अभिनेता आमिर खान भारत फर्किएका छन् ।

आफ्ना नजिकका साथी राजीव लुथ्राको निधन भएपछि आमिर बीचमै ध्यान–साधना छोडेर गएका हुन् । गत आइतबार काठमाडौं आइपुगेका उनी शुक्रबार बिहान १०ः५० मा इण्डिगो एयरलाइन्सबाट मुम्बई प्रस्थान गरेका हुन् ।

उनले पछि आउँदा ध्यान शिविरमा पूरा समय बस्ने बताएको जनाइएको छ । आमिरले सोमबारदेखि विपश्यनामा साधना गरे । शुक्रबार बिहान साढे ८ बजे उनी ध्यान केन्द्र छाडेर निस्किए ।

विपश्यनामा आएपछि १० दिन सम्म बसेर ध्यान गनुपर्ने विपश्यनाको नियम छ । आमिरले पनि सोही अवधिसम्म ध्यान गर्ने बताइएको थियो । तर उनी १० दिन नपुग्दै फर्किएका हुन् ।

आइतबार नेपाल आउँदा उनलाई व्यवसायी रुपज्योतिलगायतले विमानस्थलमा स्वागत गरेका थिए ।