२९ आश्विन २०८३, बिहिबार

टाटा मोटर्सको नयाँ शोरुम अब भक्तपुरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २८ वैशाख । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्गले ग्राहकहरुको विशेष सेवाका लागि भक्तपुरमा नयाँ शोरुमको सुभारम्भ गरेको छ ।

सिप्रदी ट्रेडिङ्गका तर्फबाट कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबरा तथा टाटा मोटर्स् लिमिटेडका तर्फबाट पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले संयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन गरेका हुन् ।

नयाँ शोरुम उद्घाटन सँगै टाटा मोटर्सले बजारमा आफ्नो सेवा विस्तार गरेको छ, भने नयाँ शोरुममा टाटा मोटर्सको पेसेन्जर भेहिकलहरु प्रदर्शन गरिएका छन् । ग्राहकहरुलाई विक्रीपश्चात् पनि भरपर्दो सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्य अनुरुप टाटाको सर्वश्रेष्ठ सर्भिस नेटवर्क नेपालभर फैलिएका छन् ।

नयाँ शोरुम उद्घाटन गर्ने क्रममा सिप्रदी ट्रेडिङ्गका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले सिप्रदीको आफ्नै नयाँ शोरुमहरु खोली ग्राहकहरुलाई सेवा दिन पाउँदा निकै खुशी लागेको बताए । उनले नयाँ शोरुमले ग्राहकहरुलाई गाडी खरिद गर्दा र खरिदपश्चात्को नयाँ विश्वसनीय अनूभूति प्रदान गर्ने समेत जानकारी दिए ।

सोही अवसरमा टाटा मोटर्स् पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले पनि ग्राहकहरुको विशेष सेवाको लागि प्रतिबद्ध आफ्नो कम्पनीले थप सेवाका लागि आफ्नै शोरुमहरु थप्दै लिएको कुरा व्यक्त गरे । उनले ग्राहकहरुलाई विश्वसनीय एवं भरपर्दो सेवा प्रदान गर्न नयाँ शोरुमहरुको भूमिका महत्वपूर्ण हुने र यसै क्रममा सिप्रदी ट्रेडिङ्गले ग्राहकहरुलाई विश्वसनीय मात्र नभई उच्चस्तरीय सेवाप्रदान गर्ने कुरामा आफुहरु विश्वस्त भएको कुरा समेत जानकारी गराए ।

उहाँले अब नयाँ शोरुमबाट टाटाका अत्याधुनिक विशेषताहरु सहित सुविधा सम्पन्न विद्युतीय तथा आईस सेग्मेन्टका गाडीहरु सुलभ रुपमा ग्राहकहरु सम्म पहुच हुने कुरा समेत व्यक्त गरे । ग्राहकहरुको पूर्ण सेवा र सन्तुष्टिका लागि टाटा मोटर्सले उनीहरुको चाहना एवं माग अनुरुप कार्य गर्न सदा तत्पर रहेको उनको भनाइ छ ।

निकट भविष्यमा विभिन्न ब्राण्डहरु सहित ग्राहकहरुलाई विशेष अनुभूति प्रदान गरि उच्चस्तरीय सेवाका लागि टाटा मोटर्स् सधै तयार रहने उनले प्रतिबद्धता गरे ।