४ कार्तिक २०८३, बुधबार

परीक्षा हलबाट निकालिएपछि छात्राले गरिन् आत्महत्या

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । परीक्षा हलबाट निकालिएपछि एक विद्यार्थीले आत्महत्या गरेकी छिन् ।

चितवन मेडिकल कलेजमा अध्ययनरत २१ वर्षीया सिम्रन थापाले आत्महत्या गरेकी हुन् । शिक्षकले परीक्षा हलबाट निकालेपछि २१ वर्षीया थापाले झुण्डिएर आत्महत्या गरेकी हुन् । उनी बीडीएस चौथो वर्षमा अध्ययनरत थिइन् ।

दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीहरू आन्दोलित भएका छन् । चितवन मेडिकल कलेजमा निरन्तर कलेज प्रशासनबाट विद्यार्थीहरूलाई गरिने व्यवहार एकदम अपमानजनक र खेदजनक रहेको चिकित्सा शिक्षा सङ्घर्ष अभियानले बताएको छ ।

उक्त घटनाको निष्पक्ष छानबिन गर्दै दोषीमाथि कारबाही गर्न विद्यार्थीहरूले माग गरेका छन् ।