
काठमाडौं, २८ वैशाख । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सुरू भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल हुनेछ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने ग्रासरुट अभियान अन्तर्गत नौ वटा प्रतिवेदन पेस हुने जानकारी दिइएको छ ।
यस्तै, मिसन ग्रासरुट अभियानका लागि सातै प्रदेशमा एमालेले गठन गरेको अभियानका प्रदेश सयोजक रहेका पार्टी सचिवहरुले आ–आफ्ना प्रदेशको प्रतिवेदन पेस गर्नेछन् भने त्यसबाहेक २ वटा प्रतिवेदन गैरभौगोलिक प्रदेश कमिटीका तर्फबाट पनि पेस हुनेछ ।















प्रतिक्रिया