४ कार्तिक २०८३, बुधबार

पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई कहाँ राखिन्छ ?

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई टेकुमा राखिने भएको छ ।

जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि चारदिनको म्याद दिएको छ ।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहसँग खाँणको प्रत्यक्ष सम्बन्ध रहेको प्रमाण फेला पारेको प्रहरीले जानकार दिएको छ ।

यसअघि पक्राउ परेका गिरोहका सदस्यहरूले पनि बयानका क्रममा खाँणलाई रकम बुझाएको बताएका छन् । यो प्रकरणमा प्रहरीले १२ जनालाई पक्राउ गरिसकेको छ ।