
काठमाडौं, २७ वैशाख । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता चलिरहेका बेला गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि थपिएका छन् ।
शीर्ष नेताबीच सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐन, संसदीय समिति गठन, आगामी बजेटलगायतका विषयमा छलफल भएको बताइएको छ ।
तर, नक्कली भुटानी शरणार्थी प्रकरणमा दलहरूका शीर्ष नेताहरू नै धमाधम पक्राउ पर्न थालेपछि शीर्ष नेताहरूबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।















प्रतिक्रिया