४ कार्तिक २०८३, बुधबार

टोपबहादुर रायमाझीले आज प्रहरीमा आत्मसमर्पण गर्ने

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आज प्रहरीसमक्ष आत्मसमर्पण गर्ने भएका छन् ।

सामाजिक सञ्जालमार्फत रायमाझीले आफू अस्वस्थ भएपछि अस्पताल भर्ना भएको र नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाउँदै अनुसन्धानमा सघाउन प्रहरीमा उपस्थित हुन लागेको जानकारी दिएका हुन् ।

उनले आफू साँझ साढे पाँचबजे प्रहरीमा उपस्थित हुने बताएका छन् ।