
काठमाडौं, २७ वैशाख । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको छानबिनमा एमालेले सहयोग गर्ने बताएका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उपमहासचिव गुरूङले छानबिन र अनुसन्धानलाई सरकारले दायाँबायाँ वा तलमाथि नगरी दोषीहरु कोही नछुट्ने र निर्दोष व्यक्ति नफस्ने गरी काम गर्नुपर्ने उनको भनाइ छ ।
उनले टोपबहादुर रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको जानकारी दिए ।
गुरुङले जनतामा आत्मविश्वास बढाउने गरी बजेट आउनुपर्ने सुझाव पनि दिए ।















प्रतिक्रिया