४ कार्तिक २०८३, बुधबार

टोपबहादुर रायमाझी एमालेको सचिव पदबाट निलम्बित

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमार्डौं, २७ वैशाख । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी सचिव पदबाट निलम्बित भएका छन् ।

महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि अनुसन्धानमा सजिलो होस् भनेर रायमाझीलाई सचिवबाट निलम्बन गरिएको जानकारी दिएका छन् ।

रायमाझीविरूद्व पक्राउ पुर्जी जारी भएलगत्तै पार्टीले अनुसन्धानका लागि उनलाई आग्रह गरेकामा पार्टीको आग्रह विपरीत प्रहरी समक्ष उपस्थित नभएपछि मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले मुद्दाको टुंगो नलागेसम्म पदबाट निलम्बन  गर्ने निर्णय गरेको बताइएको छ ।

एमाले विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले अनुसन्धानमा सबैले सहयोग गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार छन् ।