
काठमाडौं, २७ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सभामुख देवराज घिमिरेले सरकारलाई रूलिङ गरेका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सरकारलाई रूलिङ गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद लिङ्देलले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही सम्बन्धमा संसद्लाई जानकारी दिनुपर्ने माग गरेका थिए ।
आज बैठक सुरु भएलगत्तै सभामुखसँग समय माग गरेर बोल्दै अध्यक्ष लिङ्देलले भने, “नक्कली भूटानी शरणार्थीबारे अहिले भइरहेको कारबाहीसम्बन्धी जानकारीका सम्बन्धमा रुलिङ गर्न लागि आग्रह गर्दछु ।”
घटनामा संलग्न कसैलाई पनि कुनै पनि बाहनामा उन्मुक्ति दिन नहुने उनको भनाइ छ ।















प्रतिक्रिया