३० कार्तिक २०८३, सोमबार

विष्णु रिजालको प्रश्नः प्रधानमन्त्री/मन्त्रीका पत्नी नै तस्करीमा लाग्छन्, यसभन्दा धिक्कार केलाई भन्ने होला ?

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले निर्वाध छानबिन गर्नुपर्ने बताएका छन् ।

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका नेता, पूर्वमन्त्री र उच्चपदस्त कर्मचारी पक्राउ गरेसँगै नेता रिजालले यस्तो बताएका हुन् ।

‘कानुनले बाटो लिनबाट कसैले रोक्नुहुन्न । देशको अनुहारमा पोतिएको कलंक पखाल्दा जोजो पर्छन्, प्रहरीले निर्वाध छानबिन गर्नुपर्छ ।’ सामाजिक सञ्जालमा लेख्दै रिजालले भनेका छन्, ‘जुन देशमा गृहमन्त्री र गृहसचिव नै मानव तस्करीमा लाग्छन्, प्रधानमन्त्री/मन्त्रीका पत्नी नै तस्करीमा लाग्छन्, यसभन्दा धिक्कार केलाई भन्ने होला ?’

नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री देखि पूर्वमन्त्रीका पत्नी र उनीहरुका छोरा समेत मुछिएका छन् ।

आज बिहान मात्रै प्रहरीले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँड र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पक्राउ गरेको छ । नेता खाँड मैजुबहालस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् भने केसी जडिबुटीबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।