३० कार्तिक २०८३, सोमबार

चितवनबाट काठमाडौं ल्याइँदै गरेको ६ किलो बढी चरेशसहित २ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट ६ किलो ४० ग्राम चरेशसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ सञ्जिवनी चोकका ३३ वर्षीय हेविन श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–११ कोल्टाँडीकी २१ वर्षीया दिव्याश्री काफ्ले रहेको प्रहरीले जनाएको छ ।

गएराति करिब १ः४५ बजे इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले चितवनको सौराहा, हेटौंडा हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०१–०३५ च ४५६१ जिपको डिक्कीमा लुकाएर राखिएको उक्त पदार्थ बरामद गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।