३० कार्तिक २०८३, सोमबार

बालकृष्ण खाँणका स्वकीय सचिव पनि पक्राउ

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँडका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।

केसीलाई जडिबुटीबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । खाँड भने आजै बिहान मैजुबहालस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले निवासबाटै पक्राउ गरेको हो ।

खाँडलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको छ ।

खाँडमाथि सोधपुछ गरेर आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने तयारी रहेको प्रहरीले जनाएको छ ।