३० कार्तिक २०८३, सोमबार

जसपाको बैठक बस्दै, सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन जनता समाजवादी पार्टी(जसपा)ले आज बुधबार कार्यकारिणी समितिको बैठक डाकेको छ ।

बैठक पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा ११ बजे बस्दै छ । जसपाले सरकारमा एक मन्त्री पठाउन बाँकी छ । गठबन्धन सरकारमा जसपाको भागमा दुई मन्त्रालय परेको छ । जसमध्ये एकमा जसपाले अशोक राईलाई पठाइ सकेको छ । राई अहिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री छन् ।

उपप्रधानमन्त्री पाए जसपा अध्यक्ष उपेन्द्र यादव आफैं सरकारमा सहभागी हुने मुडमा छन् । यावद गत १० वैशाखमा भएको उपनिर्वाचनमा बारा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

बैठकमा आगमी वर्षका लागि जारी हुन लागेको बजेटका सम्बन्धमा पनि छलफल हुनेछ । बैठकमा जसपाको विधान अधिवेशनका सम्बन्धमा पनि छलफल हुनेछ । जसपाको विधान अधिवेशन आगमी जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा चल्ने तय भएको छ ।