३० कार्तिक २०८३, सोमबार

‘प्रि बजेट’ छलफल आजबाट सकिने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । आगमी वर्षका लागि विनियोजन हुने बजेटको सिद्धान्त तथा प्राथमिकता माथिको छलफल आज बुधबारबाट सकिँदैछ ।

आइतबारदेखि प्रतिनिधि सभामा बजेटको सिद्धान्त तथा प्राथमिकताका सम्बन्धमा छलफल जारी छ । छलफलमा प्रतिनिधि सभा सदस्यहरुले आफ्ना धारणा राखेका छन् । सोही धारणा माथि अर्थमन्त्री प्रकाशशरण महतले आज सभामा जवाफ दिनेछन् । प्रतिनिधि सभा सदस्यहरुले उठाएका माग तथा प्रश्न माथि दिउँसो १ बजेबाट अथमन्त्री महतले जवाफ दिनेछन् । त्यसलगतै बजेट छलफल सकिनेछ ।

अर्थमन्त्री महतले राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ मंगलबार नै दिइसकेका छन् । यसक्रममा उनले सामाजिक सुरक्षाभत्ता कटौती नहुने स्पष्ट पारेका थिए ।

अधिकांश सदस्यले सामाजिक सुरक्षा भत्ता कटौतीमा माथि प्रश्न उठाएपछि अर्थमन्त्री महतले उक्त विषय स्पष्ट पारेका थिए । सरकारले आगमी १५ जेठमा बजेट ल्याउँदैछ । यस सम्बन्धमा राजनीतिक दल पनि आन्तरिक छलफलमा छन् ।