३० आश्विन २०८३, शुक्रबार

आज विहान गोरखामा आएको भूकम्पबाट एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gorkha-Districtआज विहान गोरखामा आएको भूकम्पबाट एक जनाको मृत्युचितवन, ११ जेठ । शक्तिशाली भूकम्प गएको झण्डै एक महिनापछि गोरखामै आएको भूकम्पबाट चितवनमा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दारेचोक–९ धारापानी बस्ने ६५ वर्षीया लाटीमाया चेपाङ्गको सोमबार विहान आएको ५ रेक्टर स्केलको भूकम्पका बेला भाग्ने क्रममा लडेर वेहोस भई मृत्यु भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान ३ बजेर २३ मिनेटमा गोरखालाई केन्द्रविन्दु बनाएर पाँच रेक्टर स्केलको भूकम्प धक्का महसुस भएको थियो ।

यस्तै, दोस्रो भूकम्प सोमबार विहान ११ बजे दोलखालाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको कम्पन भएको थियो ।