
काठमाडौं, २६ वैशाख । सघीय संसद् अन्तर्गत प्रतिनिधि सभामा आज मंगलबार पनि प्रि–बजेटका बारेमा छलफल हुने भएको छ ।
प्रतिनिधि सभा कार्य व्यवस्था समितिको बैठकले आज प्रि–बजेटका बारेमा छलफल गर्ने निर्णय गरेको हो । जसअनुसार वैशाख २५ देखी २८ गतेसम्म प्रि–बजेटका बारेमा छलफल हुने भनिएको छ ।
प्रि–बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन वैशाख २७ गते अर्थमन्त्री प्रकाशरण महतले जवाफ दिने गरी कार्यतालिका छ ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले प्रि–बजेटका बारेमा छलफल गर्न लागेका हुन् ।












प्रतिक्रिया