३० कार्तिक २०८३, सोमबार

आजको मौसमः पहाडी भू-भागमा आंशिक बदली रहने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । आज मंगलबार मुलुकको पहाडी भू-भागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना रहेको छ ।

देशका तराई भूभागका केही स्थानमा सामान्य हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार राती देशको पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।