२९ आश्विन २०८३, बिहिबार

पैसाको प्रलोभनमा परेकी किशोरी बलात्कृत

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मोरङ, २५ वैशाख । मोरङमा पैसाको प्रलोभनमा परेकी एक जना किशोरी बलात्कृत भएकी छिन् ।

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा विराटनगर महानगरपालिका–८ हाटखोला बस्ने २४ वर्षीय प्रवेश बस्नेतलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बेलबारी नगरपालिका–७ स्थित मकैबारीमा ती किशोरीलाई पैसा दिन्छु भन्दै प्रलोभनमा पारी बस्नेतले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।