३० आश्विन २०८३, शुक्रबार

लिलाको गजब लिला (हेर्नुस म्युजिकभिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lila-siwakotiकाठमाडौं । गायक लिला शिवाकोटीको ‘गाजले गाज’ले बोलको गीतको भिडियो निर्माण गरेका छन् ।

‘याद तिम्रो’ एल्बममा समावेश उक्त गीतको भिडियो विशाल भण्डारीले निर्देशन गरेका हुन् । भिडियोमा अनु शाह र पल शाहले अभिनय गरेका छन् । गीतमा संगीत राजनराज शिवाकोटीको रहेको छ ।

भर्खरै पहिलो एल्बम बजारमा ल्याएका गायक शिवाकोटीले अन्य गीतको समेत भिडियो बनाउने बताएका छन् । मोरङको शनिश्चरे भुटानी शरणार्थी शिविरबाट आठ वर्षअघि पुनर्वासको क्रममा अमेरिका पुगेका हुन् । एल्बममा शिवाकोटीको एकल स्वर रहेको एल्बममा छ वटा गीत समावेश रहेका छन् ।

अमेरिकामा समेत विभिन्न सांगितिक कार्यक्रममा स्टेज तताइसकेका गायक शिवाकोटीले स्थापित गायक बन्ने लक्ष्य रहेको बताएका छन् ।

आगामी दिनमा समेत स्रोताहरुले मन पराउने खालका गीतसंगितहरु बजारमा ल्याउने योजना रहेको उनले सुनाए ।