२९ आश्विन २०८३, बिहिबार

एमाले सबैको उत्थान चाहान्छ, जातको नाममा वल्लो र पल्लो घर भिडाउनु ठिक होइन : केपी ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रगतिशील शक्तिविरुद्ध विभिन्न खालका तत्वहरु एकजुट हुँदै गएको बताएका छन् ।

राष्ट्रिय युवा संघ, नेपालको पहिलो पूर्ण बैठकलाई आज च्यासलमा सम्बोधन गर्दै उनले त्यस्ता तत्वहरूले एमाले र एमालेको आन्दोलनलाई पटक–पटक ध्वस्त गर्न खोजिरहेको बताए ।

अहिले पनि पहिचानको राजनीतिका नाममा जातको राजनीति भइरहेको बताउँदै अध्यक्ष ओलीले जनताको विकासको राजनीति छोडेर वल्लो घर र पल्लो घरमा लडाइँ मच्चाउने काम भइरहेको चर्चा गरे ।

एमालेले सबै जातिको उत्थान चाहेको भए पनि पहिचनाका नाममा जातजाति भिडाउन खोजिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।