२९ आश्विन २०८३, बिहिबार

करिब दुई हजार नमूना परीक्षण गर्दा थप ५७ जनामा कोरोना पुष्टि, कति छन् सक्रिय संक्रमित ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट एक हजार ९३१ जनाको स्वाब परीक्षण गर्दा ३२ जनामा सङ्क्रण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ७१६ जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र एक हजार २१५ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन ७६ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा २७ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या १४७ जना छ । सक्रिय सङ्क्रमितमध्ये २१ जना आइसोलेसन, ७ जना आईसीयू र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।