२ कार्तिक २०८३, सोमबार

काठमाडौं महानगरद्वारा सडकका अव्यवस्थित तार काट्न सुरु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । काठमाडौं महानगरपालिकाले आज सोमबरबाट महानगरपालिका भित्रका अव्यवस्थित टेलिफोन तथा इन्टरनेटका तार(अप्टिकल वायर) काट्न सुरु गरेको छ ।

सडकस्थित विद्युतका पोलमा टाँगिएका अव्यवस्थित तारले सहरलाई कुरुप बनाउने मात्र नभई आगलागीका घटना समेत हुने गरेको पाइएपछि महानगरपालिकाले तार काट्न सुरु गरेको हो ।

आइतबार बसेको काठमाडौं महानगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिबीचको संयुक्त बैठकले सडकमा टाँगिएका अव्यवस्थित तार काट्ने निर्णय गरेको थियो ।

निर्णय अनुसार महानगरपालिकाले सोमबर बिहान ८ः३० बजेबाटै माइतीघर मण्डला आसपासका सडकस्थित पोलमा टाँगिएका इन्टरनेट, टेलिफोन लगायतका तार काट्न सुरु गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

उनका अनुसार सोमबार दिनभर महानगरले माइतीघर क्षेत्र आसपास र न्युरोडका सडकमा टाँगिएका अव्यवस्थित तार हटाउने छ ।