२ कार्तिक २०८३, सोमबार

कम्बोडिया पठाइदिन्छु भन्दै ३१ लाख ठगी, गोरखाका तामाङ पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । नेपाल प्रहरीले कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गोरखा नगरपालिका–१० घर भई काठमाडौंको नयाँबसपार्क बस्ने ३१ वर्षीय सुदीप लामा तामाङलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

कार्यालयका सूचना अधिकृत एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले वैदेशिक रोजगारीका लागि प्रतिष्ठित कम्पनीमा कम्प्युटर अपरेटरमा दुई लाख तलबमा काम लगाइदिन्छु भनी रु ३१ लाख ठगी गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।

तीनजना पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुरीका आधारमा तामाङलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेग्मीले बताए । पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको सो कार्यालयले जनाएको छ ।