३० आश्विन २०८३, शुक्रबार

बलिउड क्वीन कंगनाको कमाल !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanjana-ranwatमुम्बई । भारतीय चलचित्र बजार बलिउडमा ‘क्वीनको उपाधि पाएकी अभिनेत्री कंगना रनौतले कमाल गरेकी छिन् ।

पछिल्लो समय फिल्मी व्यापार घटिरहेको बेला उनीद्धारा अभिनित चलचित्र ‘तनु वेड्स मनु रिटर्न्‍स’ले बलिउडमा धमाका मच्चाएको हो । निकै कामुक स्टाईलकी अभिनेत्री कंगना बलिउडमा पाएको क्वीन उपाधिलाई क्वीन हुँ भनेर एकपटक फेरि सफल भएर सावित गरेकी छिन् ।

यो चलचित्रलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । साथै बक्स अफिसमा कलेक्सन पनि राम्रै गरिरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्रले शनिवारसम्म २५.९ करोडको व्यापार गरेको छ ।

शुक्रवारमात्रै यो फिल्मले ८.६५ करोड कलेक्सन गरेको थियो । शनिवार ११.१० करोड कमाएर फिल्मले नयाँ रेकर्ड समेत राखेको छ । भारतमा मात्रै चलचित्रले दुई दिनमा २५ करोड रुपैयाको आकडाँ पार गरेको समाचारमा जनाइएको छ ।

यसअघि प्रदर्शनमा आएका रणवीरको बाम्वे वालेट र दीपिका पादुकोणको पिकु फ्लप भएका छन् । एजेन्सी