
काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यलाई मन्त्रीमा नियुक्त गरेका छन् ।
आइतबार प्रधानमन्त्री प्रचण्डले आचार्यलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका हुन् ।
मन्त्री आचार्यको पद तथा गोपनीयताको शपथ ग्रहण आजै दिउँसो शीतल निवासमा हुने बताइएको छ । अहिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा रहेका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवलाई वन तथा वातावरण मन्त्रालय वा खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी दिइने बताइएको छ ।












प्रतिक्रिया