३० आश्विन २०८३, शुक्रबार

पाथीभरा जाने क्रममा झापाका लोकप्रसाद पराजुली बेपत्ता, के भन्छन् भरिया ?

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, २३ वैशाख । पाथीभरा दर्शनका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका–५ का लोकप्रसाद पराजुली बेपत्ता भएका छन् ।

पाथीभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीमा बास बसेर शुक्रबार बिहान भरियामार्फत मन्दिरतर्फ जाने क्रममा पराजुली बीच बाटोबाटै बेपत्ता भएका हुन् ।

भरियालाई पिसाब गर्न जाने भनेर निस्किएका अन्दाजी ६० वर्षीय पराजुली नफर्किएपछि उनको खोजीकार्य भइरहेको छ, तर भेटिएको छैन ।

पराजुली मानसिकरूपमा त्यति स्वस्थ नभएको उनको परिवारले बताएका छन् ।

झापाबाट यही वैशाख १९ गते श्रीमती, छोरा–बुहारी, नातिनी र आफन्तसहित आएका पराजुली बुधबार बेलुकी माथिल्लो फेदीमा पुगेर होटेलमा बास बसेका थिए ।

हिँड्न नसक्ने भएपछि उनी बिहान करिब ३ बजेपछि भरियामार्फत मन्दिरतर्फ अघि बढेका थिए भने भने अरु आफन्त हिँड्दै गएका थिए ।