
सियोल, २३ वैशाख । अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ ।
तर, दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ ।
एफ–१६ लडाकु विमान राजधानी सियोलबाट करिब ७० किलोमिटर दक्षिणमा रहेको प्योङटेकमा स्थानीय समय अनुसार बिहान ९:३१ बजे खेतबारीमा दुर्घटनाग्रस्त भएको थियो ।
युनाइटेड स्टेट्स फोर्सेस कोरियाको प्रमुख सैन्य अड्डा रहेको शहर हो ।
विमानमा सवार एक पाइलट दुर्घटना हुनु अघि भागेका थिए ।
लडाकु विमानको अधिकांश भाग जलेको छ । घटनास्थल नजिक कुनै घरलगायत अन्य संरचना नभाएकाले अरु कुनै क्षति नभएको प्रहरी अधिकारीले बताएका छन् ।















प्रतिक्रिया