२९ आश्विन २०८३, बिहिबार

मेस्सीले पिएसजीसँग किन मागे माफी ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । पेरिस सेन्ट जर्मेन (पिएसजी) को अनुमतिविनै साउदी अरब गएको भन्दै लियोनल मेस्सीले गल्ति स्विकार गर्दै माफी मागेका छन् ।

उनले साउदी अरबको अनाधिकृत यात्राबारे आफ्नो पेरिस सेन्ट–जर्मेन टोलीका साथीहरूसँग माफी माग्दै क्लबले आफुबारे के निर्णय गर्छ भन्नेबारेमा पर्खने बताएका हुन्। अर्जेन्टिनाका कप्तान समेत रहेका मेस्सी आइतबार लोरिएन्टसँग पीएसजीको घरेलु हार पछि साउदी पुगेका थिए । अनुमतिविना साउदि अरबको भ्रमणमा गएको भन्दै मेस्सीलाई क्लबले दुई साताका लागि निलम्बन समेत गरेको छ ।

मेस्सीले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, मैले गरेको कामका लागि म माफी चाहन्छु र अब क्लबले के निर्णय गर्छ, त्यो हेर्नका लागि म पर्खिरहेको छु । मैले इमान्दारी पूर्वक यो सोचे कि हामी खेल पछिको दिन बिदामा हुनेछौं, जुन अघिल्लो हप्ताहरूमा पनि भइरहेको थियो । मैले साउदी अरेबियाको यो यात्रा पहिले पनि रद्द गरिसकेको थिए तर यसपटक भने सकिन ।

पिएसजीमा मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैंछ । उनी सो सम्झौता अनुसार अब तीन वटा मात्रै खेल खेल्न पाउने छन् । सम्झौता र सिजनको अन्त्यसँगै मेस्सी पीएसजी छाड्ने तयारीमा छन ।

३५ वर्षीया मेस्सी साउदी अरेबियाका लागि पर्यटन राजदूतको भूमिकामा छन् । उनलाई साउदी अरबका क्लबहरूले पनि चासो देखाइरहेका छन् र उनी माथि करोडौं खर्च गर्न खोजिरहेका छन् ।