४ कार्तिक २०८३, बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पनि मुछिए

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दिपेश पुन पनि मुछिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमााडौंका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मध्ये सन्दीप रायमाझीले बयानका क्रममा दिपेशको नाम लिएका छन् । तर, ठोस प्रमाण फेला नपरेको हुँदा उनी विरुद्ध पक्राउ पुर्जी भने जारी भएको छैन् ।

प्रकरणमा पक्राउ परेका इन्द्रजीत राईले पनि बयानका क्रममा दिपेशको नाम लिएका छन् । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले भने, ‘दिपेश पुनको पनि नाम जोडिएर आएको छ । पक्राउ परेका मध्ये केहीले उनको नाम लिएका छन् । पक्राउ गर्न नाम मात्रै लिएर हुँदैन । त्यसलाई ‘जस्टिफाइ’ गर्ने प्रमाण पनि चाहियो । हालसम्म त्यस्तो प्रमाण फेला परिसकेको छैन् । यद्यपी अनुसन्धान जारी छ । प्रमाण भेटिएको खण्डमा तत्काल पक्राउ गर्नेछौं ।’

प्रहरीका अनुसार नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा खासगरी दिपेशको नितीगत प्रकिया मिलाउने क्रममा सहभागिता देखिएको छ । राईमार्फत पुनले नितीगत प्रभावमा भुमिका खेलका थिए । यसक्रममा उनले राईका छोरा निरज र बादलका छोरा प्रतिक थापामार्फत पनि नितीगत प्रभावमा भुमिका खेलका थिए ।

निरज विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । प्रतिक विरुद्धको अनुसन्धान भने जारी छ । प्रहरी स्रोतका अनुसार दिपेशले कतिपय पीडितसँग आफै डिल गरेका थिए । नक्कली भुटानी शरणार्थीको प्रमाण पत्र वितरणमा पीडितलाई आश्वस्त पार्ने भुमिकामा समेत उनी संलग्न थिए ।

घटनामा संलग्न भएको अभियोगमा हालसम्म प्रहरीले गृहमन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, इन्द्रजीत राई, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ । त्यसअघि प्रहरीले घटनामा संलग्न केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेललाई पक्राउ गरेका थियो ।

घटनामा नेपाली कांग्रेसका नेता समेत रहेका पूर्वगृहमन्त्री बालकृण खाँण पनि मुछिएका छन् । तर, प्रहरीले उनी विरुद्ध पनि ठोस प्रमाण भने फेला पार्न सकेको छैन् । घटनामा पक्राउ मध्ये पूर्वसचिव पाण्डे उनकै पालामा गृहसचिव थिए ।