३० आश्विन २०८३, शुक्रबार

सहिद स्मारक ए डिभिजन लिग : शीर्ष स्थानको जावलाखेल खुमलटारद्वारा पराजित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लबलाई एफसी खुमलटारले पराजित गरेको छ ।

आज शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जावलाखेललाई एफसी खुमलटारले जावलाखेललाई ४–२ गोल अन्तरले हराएको हो ।

खुमलटारको जितमा स्टेफेन समिरले ह्याट्रिक गोल गरे । मेसुके ओलुमोउको नाममा एक गोल रह्यो । जावलाखेलका विनोद केसीले एक गोल फर्काए । रोहित सुब्बाले एक आत्मघाती गोल गरे ।

खेलको २० औं मिनेटमा स्टेफेनले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा खुमलटारका रोहितले आत्मघाती गोल गर्दा खेल १–१ को स्थितिमा रह्यो । पहिलो हाफको इन्जुरी समयमा स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २–१ को अग्रता दिलाए ।

५१ औं मिनेटमा स्टेफेनले ह्याट्रिक पूरा गर्दा खुमलटार ३–१ ले अघि रह्यो । इन्जुरी समयको तेस्रो मिनेटमा विनोदले गोल गर्दै जावालाखेललाई ३–२ को स्थितिमा ल्याए । त्यसपछि इन्जुरी समयको पाँचौं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई ४–२ को जित दिलाए ।

खुमलटारको यो पाँचौं जित हो । खुमलटारले १५ खेलमा १७ अंक जोडेको छ । जावलाखेलको १५ खेलमा २४ अंक रहेको छ ।