२९ आश्विन २०८३, बिहिबार

हेलिकोप्टर दुर्घटनाका घाइते एक जनाको मृत्यु

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । संखुवासभामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार घाइतेमध्ये भविन गुरुङको मृत्यु भएको हो । मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा कार्यरत थिए ।

दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर पनि घाइते भएका छन् । उनीहरू चारै जनालाई काठमाडौं ल्याएर उपचार गरिदै छ ।