
काठमाडौं, २२ वैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रायोजित विचारले सिर्जित सामाजिक अराजकताका कारण पनि नेपालमा राजनीतिक अस्थिरता बढिरहेको बताएका छन् ।
आज शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले २०४६ सालको परिवर्तनपछिका ३३ वर्षमा २८ जना भन्दा बढी प्रधानमन्त्री हुने राजनीतिक अस्थिरताको कारक राजनीतिक दल मात्रै नभइ प्रायोजित विचारद्वारा सिर्जित सामाजिक अराजकता पनि भएको टिप्पणी गरेका हुन् ।
‘छयालीसको परिवर्तनपछिका ३३ वर्षमा २८ भन्दा बढी प्रधानमन्त्री हुने राजनीतिक अस्थिरताको सर्जक नेपालका राजनीतिक दल र तिनका नेताहरु मात्र हुन् कि विदेशी लगानीमा गरिएका कथित अनुसन्धानबाट प्रवाह गरिएका प्रायोजित विचारले सिर्जित सामाजिक अराजकता पनि हो,’ प्रश्न गर्दै उनले लेखेका छन् ।
विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक हुने भएकाले बलियो राष्ट्रिय शक्ति निर्माण बहस आवइशक भएको उनको भनाइ छ ।
‘विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक हुन्छ भने त्यो कसरी सम्भव हुन्छ ? आउनुहोस् छलफल गरौँ,’ उनले लेखेका छन् ।













प्रतिक्रिया