
काठमाडौं, २२ वैशाख । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
उनका अनुसार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने बैठकले आगामी केन्द्रीय कमिटीमा प्रस्तुत हुने बैठकको एजेन्डा तय गर्नेछ ।
एमालेको केन्द्रीय कमिटी बैठक यही वैशाख २८ देखि ३० गतेसम्म झापामा बस्दैछ ।
गत मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको बैठकको तयारी तीव्र पारिएको छ ।













प्रतिक्रिया