
काठमाडौं, २१ वैशाख । गरिमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।
मुस्ताङ्ग आउने–जाने पर्यटकहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले एटीएम सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
बैंकका सञ्चालक दीपेन्द्र श्रेष्ठ र अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरतकुमार पुनले संयुक्त रुपमा एटीएम सेवाको उद्घाटन गरे ।
म्याग्दीकै पर्यटकीयस्थल भुरुङ तातोपानी भएर मुस्ताङ आउने–जाने पर्यटकहरुलाई एटीएम काउन्टरले आर्थिक कारोबार गर्न सहज हुने अपेक्षा बैंकले गरेको छ ।
नेपालभर १२१ वटा शाखा कार्यालय, ५० वटा एटीएम साथै डिजि बटुवा, डेविट/क्रेडिट कार्डलगायतका डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवम् गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।














प्रतिक्रिया