
काठमाडौं, २१ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ ।
२०५८ साल वैशाख २१ गते स्थापना भएको कम्पनीले आज विभिन्न कार्यक्रमहरू गरेर आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रवीण रमण पराजुलीले ग्राहकहरूले गरेको विश्वास, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ता, मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक पदाधिकारीहरू, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरू र माया तथा स्नेह प्रदान गर्ने शेयरधनीहरूमा धन्यवाद ज्ञापन गरेका छन् ।
यस्तै, नियामक निकाय नेपाल बीमा प्राधिकरण र अन्य नियामक निकायहरूका साथै २२ वर्षको अवधिमा सहयोग गरी नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनीय भूमिका खेल्ने सरोकारवालाहरूमा पनि कम्पनीले धन्यवाद ज्ञापन गरेको छ ।
आगामी दिनहरूमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने सिईओ पराजुलीले प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, सम्पूर्ण सरोकारवालाहरूको अपेक्षालाई पूरा गर्न कम्पनी दत्तचित्त भएर लागि पर्ने पनि उनले बताएका छन् ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले सातवटै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममार्फत कोशी प्रदेशको विर्तामोडमा ५६, मधेश प्रदेशको वीरगञ्जमा १६, बागमती प्रदेशको नारायणघाटमा ३९, काठमाडौंमा ४१, गण्डकी प्रदेशको पोखरामा ५६, लुम्बिनी प्रदेशको बुटवलमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३२ र सुदूरपश्चिमकोे महेन्द्रनगरमा ४५ गरी कुल ३१० पिन्ट रगत सङ्कलन गरिएको कम्पनीले जनाएको छ ।














प्रतिक्रिया